सामाजिक सुरक्षा कोषविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी असार मसान्तभित्रै सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कोषले पटक पटक दबाब दिएपछि कोषमा आवद्ध हुन नचाहेका यस क्षेत्रका कर्मचारीले अन्तरिम आदेशको माग गर्दै कोषविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

उक्त रिट निवेदनमाथि रुवनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले विपक्षी कोषका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

साथै अदालतले दुबै पक्षलाई छलफलका लागि ३१ असारमा अदालतमा हाजिर हुन आदेश दिएको छ ।

सामाजिक सुरक्षा कोष ऐनमा भएका नीतिगत व्यवस्था र कोष कार्यविधिका कतिपय नीतिगत व्यवस्थाप्रति असहमति जनाउँदै बैंक तथा वित्तीय संस्थाका कर्मचारी कोषमा आवद्ध हुन नसकिने भन्दै आन्दोलनमा गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *