सेञ्चुरी बैंकका सीईओ गौतमद्वारा राजीनामा
२०७८ असार २१ गते

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतमले पदबाट राजीनामा दिएका छन् ।
उनले आइतबार बैंक सञ्चालन समितिसमक्ष राजीनामा पेश गरेको बैंकले जनाएको छ । कार्यव्यस्तताका कारण पदमा रही काम गर्न असमर्थ भएको भन्दै उनले राजीनामा दिएका हुन् ।
१९ वैशाख २०७५ सालमा ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका गौतमले कार्यकाल सकिन ९ महिना बाँकी छँदै राजीनामा दिएका हुन् ।
नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनी एसबीआई बैंक हुँदै माछापुच्छ्रे बैंकबाट सीईओ बनेका थिए । उनले इक्रा नेपाल लिमिटेडमा समेत सीईओ भएर काम गरेका थिए ।
२०७८ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








