न्यूयोर्क टाइम्सलाई मातृकाप्रसाद कोइरालाले लेखेको त्यो पत्र

आधुनिक राज्यका रुपमा नेपालको स्थापना अमेरिकी स्वतन्त्रताभन्दा ९ वर्षअघि भएको हो

०४ जुलाई अमेरिकी स्वतन्त्रता दिवस ।

सबै अमेरिकीलाई ०४ जुलाई स्वतन्त्रता दिवसको शुभकामना ।

अमेरिकी स्वतन्त्रता आन्दोलनको प्रभाव अमेरिकी र अमेरिकाका लागि मात्र नभई आजको दुनियाँका अधिकांश मानिसहरुको व्यक्तिगत स्वतन्त्रतामा समेत परेकाले सबैका लागि अमेरिकी स्वतन्त्रता दिवसले खास अर्थ राख्दछ ।

सन् १९६२ मा भारत र चीनको सीमा युद्धताका छापिने समाचारहरुमा अमेरिकी अखबार ‘दी न्यूयोर्क टाइम्स’ मा एकपटक नेपाल पनि भुटान र सिक्किम झैँ अर्ध स्वतन्त्र राज्य हो भनेर छापिएछ । त्यस्तै अर्को पटक नेपाल पनि भुटान र सिक्किम झैँ भारत संरक्षित राज्य हो भनेर खबर छापिएछ ।

संसारभर र अमेरिकाभित्र आफ्नो सशक्त प्रभाव रहेको अखबारले त्यसरी नेपालको पूर्ण स्वतन्त्रता र सार्वभौमसत्तालाई कम आँक्ने गरी खबर सम्प्रेषण गर्नु कुनै पनि नेपालीका लागि स्वीकार्य थिएन । मुलुकको प्रतिनिधित्व गरेर त्यहाँ रहेका नेपालका राजदूतको समेत यस्तो बिषयमा ध्यान पुग्नु स्वाभाविक थियो । त्यतिबेला अमेरिकाका लागि नेपाली राजदूत पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला थिए ।

कोइरालाले लगत्तै दी न्युयोर्क टाईम्स अखबारलाई पत्र लेखे । पत्रमा उनले अखबारमा छापिएका ती दुबै समाचारमा नेपाललाई अलग अलग रुपमा भुटान र सिक्किम झैँ अर्ध स्वतन्त्र राज्य र भारत संरक्षित राज्य हो भनेर लेखिएकोमा आपत्ति जनाए । साथै उनले आधुनिक राज्य राष्ट्रका रुपमा नेपालको स्थापना सन् १७७६ को अमेरिकी स्वतन्त्रताभन्दा पनि करिब नौ बर्ष अगाडी भएको स्मरण गराए । राजदूतको उक्त पत्रलाई न्यूयोर्क टाईम्सले पत्रिकामै छापेको थियो ।

आफ्नो इतिहासमा नेपाल कहिल्यै पनि अर्ध स्वतन्त्र राज्य वा कसैको संरक्षित राज्य थिएन । नेपाल आधुनिक राज्यका रुपमा सन् १७७६ को अमेरिकी स्वतन्त्रताको घोषणा हुनुभन्दा अगाडी नै आफ्नो सिमाना निर्धारण गरेर आफ्ना जनताहरुलाई एउटै कानून र रितिरिवाजमा एकापसमा जोडेर अन्य मुलुकहरुसँग समान किसिमको सम्बन्ध स्थापना गर्ने एउटा ब्यवस्थित राज्यका रुपमा अगाडी बढिसकेको थियो ।

  • पत्रमा उनले थप लेखेका थिए

आफ्नो इतिहासमा नेपाल कहिल्यै पनि अर्ध स्वतन्त्र राज्य वा कसैको संरक्षित राज्य थिएन । नेपाल आधुनिक राज्यका रुपमा सन् १७७६ को अमेरिकी स्वतन्त्रताको घोषणा हुनुभन्दा अगाडि नै आफ्नो सिमाना निर्धारण गरेर आफ्ना जनताहरुलाई एउटै कानून र रितिरिवाजमा एकापसमा जोडेर अन्य मुलुकहरुसँग समान किसिमको सम्बन्ध स्थापना गर्ने एउटा व्यवस्थित राज्यका रुपमा अगाडी बढिसकेको थियो ।

नेपाल सरकारले सर्वप्रथम सन् १७९२ मा इष्ट इण्डिया कम्पनीसँग वाणिज्य सन्धिमा हस्ताक्षर गरिसकेको थियो । सन् १८०१ मा नेपालले ब्रिटेनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेर ब्रिटिश पक्षलाई नेपालमा आफ्नो आवासीय दूतावास खोल्न अनुमति प्रदान गरिसकेको थियो । त्यस्तै अन्तिममा सन् १९२३ मा ब्रिटेन र नेपालबीच भएको शान्ति तथा मैत्री सन्धिबाट दुबै पक्षले एक अर्काको आन्तरिक र बाह्य दुबै स्वतन्त्रतालाई स्वीकार गर्न सहमत भएका थिए ।

आफ्नो इतिहासमा नेपाल कहिल्यै पनि अर्ध स्वतन्त्र राज्य वा कसैको संरक्षित राज्य थिएन । नेपाल आधुनिक राज्यका रुपमा सन् १७७६ को अमेरिकी स्वतन्त्रताको घोषणा हुनुभन्दा अगाडि नै आफ्नो सिमाना निर्धारण गरेर आफ्ना जनताहरुलाई एउटै कानून र रितिरिवाजमा एकापसमा जोडेर अन्य मुलुकहरुसँग समान किसिमको सम्बन्ध स्थापना गर्ने एउटा व्यवस्थित राज्यका रुपमा अगाडी बढिसकेको थियो ।

जब सन् १९४७ मा ब्रिटिश भारतबाट फिर्ता हुने भयो त्यतिबेला त्यसअघिसम्म भुटान र सिक्किमको मामिलामा ब्रिटिशले उपयोग गरिरहेको अधिकारलाई भर्खरको स्वतन्त्र भारतले समेत कायम नै राख्ने गर्ने गरी अर्को सम्झौंता गर्यो । तर नेपालको हकमा भने सन् १९२३ को सन्धिबाट ब्रिटिश पक्षले नेपालको पूर्ण स्वतन्त्रतालाई स्वीकार गरिसकेकाले त्यहाँ कुनै विशेष सुविधा थिएन ।

सन् १९२३ को त्यही सन्धि सन् १९५० मा स्वतन्त्र भारतसँग अर्को सन्धि नहुँदासम्म कायमै थियो । जब सन् १९५० मा स्वतन्त्र भारत र नेपालका बीचमा अर्को नयाँ सन्धि भयो त्यसमा दुबै मुलुकको एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गरेका छन् ।
तिब्बत र चीनसँगको नेपालको सम्बन्ध धेरै पुरानो हो । नेपाल र चीनका बीचमा सातौं शताब्दीसँग सम्बन्ध रहेको पुराना प्रमाणले देखाउँछ । त्यस्तै तिब्बतसँग सन् ६४० देखि नेपालको सम्बन्ध कायम रहिआएको छ । तिब्बतसँग सन् १८५६ मा भएको व्यापार वाणिज्य सन्धि त्यस्तै सन् १७९२ र हालै मात्र सन् १९६० मा चीनसँग भएको शान्ति तथा मैत्री सन्धिले नेपालको पूर्ण स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गरेको छ ।

आजको दिनमा ३३ वटा मुलुकहरुसंग नेपालको कूटनीतिक सम्बन्ध छ । त्यस्तै सन् १९५५ को डिसेम्बर यता नेपाल संयुक्त राष्ट्रसंघको सदस्य छ । नेपाल र अमेरिकाका बीच सन् १९४७ मा सम्बन्ध स्थापना भएको र सन् १९५८ यता अमेरिकामा नेपालको आवासीय राजदूतावास त्यस्तै सन् १९५९ यता नेपालमा अमेरिकाका आवासीय राजदूत छन् । नेपाल र अमेरिकाको सम्बन्ध सन् १९४७ को अप्रिल २५ मा हस्ताक्षर भएको वाणिज्य तथा मैत्री सन्धिले निर्धारण गरेको हो । नेपालको पूर्ण स्वतन्त्रता र सार्वभौमसत्तालाई अमेरिकाले मान्यता दिएर काठमाण्डौंमा नेपालका तत्कालीन प्रधानमन्त्री महाराज पद्मशमशेर जबरा र अमेरिकी राष्ट्रपतिका प्रतिनिधि जोसेफ सी. स्याटर्थवेटले हस्ताक्षर गरेका थिए ।

नेपाली इतिहासका बारेमा निकै राम्रो जानकारी भएका कोईरालाको अंग्रेजी भाषामा समेत उत्तिकै राम्रो पकड थियो । करिब दुई बर्षसम्म वासिङ्टन र न्यूयोर्क (संयुक्त राष्ट्रसंघ) का लागि राजदूत रहेका कोईरालाले त्यहाँका विभिन्न विश्वविद्यालयदेखि सार्वजनिक मञ्चहरुमा समेत प्रवचन दिने गर्दथे ।

अमेरिकाका तत्कालीन राष्ट्रपति जोन.एफ.केनेडीका साथमा उभिएका राजदूत कोईरालाको संयुक्त तस्बिर ०३-अगष्ट-१९६१ मा ओहोदाको प्रमाणपत्र बुझाउने समारोहको हो । ह्वाइटहाउसमा खिचिएको यस तस्वीरलाई जोन.एफ.केनेडी लाइब्रेरीबाट सार्वजनिक गरिएको हो । माथिको जानकारी दी न्यूयोर्क टाईम्स अखबारबाट लिइएको हो । –फेसबुकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *