होण्डा सीभी ३५० डीएलएक्स बाइकको स्टक आउट

काठमाडौं । होण्डा नेपालले नेपाली बजारमा भित्र्याएको सीभी ३५० डीएलएक्स बाइकको स्टक आउट भएसँगै किन्नका लागि अगस्ट महिनासम्म कुर्नुपर्ने भएको छ ।

छोटो समयमै धेरैको ध्यानाकर्षण गराउन सफल भएको होण्डाको यो बाइक लन्च गरिएको केही साताभित्रै स्टक आउट भएको हो ।

आकर्षक रेट्रो लुक्स, ३५० सिसिको इन्जिन र मोर्डन फिचरहरूले गर्दा यो बाइक सबै उमेरका बाइकरहरूमाझ लोकप्रिय बन्न सफल भएको कम्पनीले जनाएको छ । ३००० आरपीएममा ३० एनएम टर्क र ५५०० आरपीएममा २१.०७ पिएसको अधिकतम पावर उत्पादन गर्न सक्ने यो बाइकमा प्रतिस्पर्धी बाइकहरुमा उपलब्ध नभएका धेरै फिचरहरु भएको कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *