असार ३१ सम्म लम्बियो निषेधाज्ञा, हट्यो जोर–बिजोर

परीक्षाहरू सञ्चालन गर्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणाली हटेको छ । आइतबार (आज) बसेको प्रजिअहरुको बैठकले असार ३१ सम्म निषेधाज्ञा लम्ब्याउँदै जोर–बिजोर प्रणाली हटाएको हो । सभा तथा सम्मेलन भने गर्न नपाइने प्रजिअहरुको बैठकले निर्णय गरेको छ ।

ललितपुरका प्रजिअ ढुण्डीराज निरौलाकाअनुसार जोर–बिजोर प्रणाली आगामी असार २२ देखि हट्नेछ । प्रजिअ निरौलाकाअनुसार अनुमति लिएर भने काठमाडौं उपत्यका प्रवेश गर्न पाइन्छ । त्यसका लागि सम्बन्धित जिल्लाको प्रशासनबाट अनुमति लिनुपर्नेछ । ‘अर्जेन्ट अथवा काठमाडौं आउनैपर्ने भएको खण्डमा प्रशासनबाट अनुमति लिएर आउन पाइने भएको छ । पहिले पनि यही थियो । यसलाई निरन्तरता दिइएको छ ।’

यस्तै बैठकले सार्वजनिक यातायातबारे पनि निर्णय गरेको छ । सार्वजनिक यातायातमा आसन क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ भने टेम्पो तथा माइक्रो भने चल्न पाउनेछन् ।

सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्ने नियम लागू गरिएको छ । प्रजिअहरुको  निर्णयअनुसार परीक्षा सञ्चालन गर्न पाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *