युरो २०२० : यस्तो छ सेमिफाइनल समीकरण

काठमाडौँ । युरोकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । क्वाटरफाइनलका खेल सकिएसँगै स्पेन, इटाली, डेनमार्क र इङल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्पेनले सेमिफाइनलमा पुगेको हो भने इटाली बेल्जियमलाई पराजित गर्दै अन्तिम चारमा पुगेको छ । त्यसैगरी डेनमार्क चेक रिपब्लिकलाई पराजित गर्दै सेमिफाइनलमा पुग्दा इङल्याण्ड युक्रेनलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

अब पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच मंगलबार राति १२ः४५ बजे खेल हुनेछ भने बुधबार राति इङल्याण्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *