सानदार जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौँ । इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

इङल्याण्डको जितमा ह्यारी केनले २, ह्यारी मग्युरीले एक र हेन्डरसनले एक गोल गरेका थिए । अब इङल्याण्डले सेमिफाइनलमा डेनमार्कविरुद्ध खेल्ने छ ।

योसँगै युरोकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । पहिलो सेमिफाइनलमा इटाली र स्पेन खेल्ने छन् । पहिलो सेमिफाइनल खेल आगामी मंगलबार राति हुने छ भने दोस्रो सेमिफाइनल खेल बुधबार राति हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *