युक्रेनसँगकाे बलियो इतिहास जोगाउन इंग्ल्यान्डलाई चुनौती

काठमाडौं । यूरो २०२० को सेमिफाइनल प्रवेशका लागि शनिबार मध्यराति इंग्ल्यान्ड र युक्रेन खेल्दैछन् । खेल इटालीको रोममा नेपाली समयानुसार मध्यराति १२:४५ मा शुरु हुनेछ ।

इंग्ल्यान्ड ५५ वर्षपछि नकआउटचरणमा जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । तीन पटकको च्याम्पियन जर्मनी माथि २–० को जित निकाल्दै इंग्लयान्डले उपाधिको दाबेदारी पेश गरेको छ । इंग्ल्यान्ड २५ वर्षपछि यूरोको सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रने छ । इंग्ल्यान्ड सन् १९९६ पछि यूरोपियन च्याम्पियनसिपको सेमिफाइनल पुग्न सकेको छैन ।

स्वीडेनलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको युक्रेन भने इंग्ल्यान्डसँगको आफ्नो खराब इतिहास सुधारको अभियानमा हुने छ । इंग्ल्यान्ड र युक्रेनबीच हालसम्म सातपटक प्रतिस्पर्धा हुँदा एकपटक मात्र हात परेको जितको संख्या बढाउनुपर्नेमा छ ।

तथ्य तथ्याङ्क
युक्रेनसँग इंग्ल्यान्डले सबैखाले प्रतियोगितामा गरी ७ पटक खेलेकोमा एक खेल मात्र हारेको छ । २००९ को अक्टोबरमा भएको विश्वकप छनोटमा १–० ले पराजित भएको इंग्ल्यान्डले ४ जित नकालेके छ । २ खेल बराबरीमा सकिएको छ ।

यी दुई टीमबीचका पछिल्ला दुई खेल भने बराबरीमा सकिएका छन् । यद्यपि २०१३ पछि भने यी दुई टिम पहिलोपटक एकअर्कासँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।

इंग्ल्यान्ड र युक्रेनबीच मुख्य प्रतियोगितामा केवल एक पटक प्रतिस्पर्धा भएको छ । जसमा २०१२ को युरोको समूहचरणमा भएको भेटमा वाइन रूनीको निर्णायक गोलमा इंग्ल्यान्ड १–० ले विजयी भएको थियो ।

इंग्ल्यान्डले यसअघि खेलेका तीन क्वाटरफाइनलमा सबै खेल अतिरिक्त समय हुँदै पेनाल्टीमार्फत छिनोफानो भएको छ । जसमा १९९६ मा मात्र इंग्ल्यान्डले स्पेनलाई हराएर सेमिफाइनल प्रवेश गर्न सकेको थियो । त्यसबाहेक पोर्चुगलसँग २००४ मा तथा इटालीसँग २०१२ मा पेनाल्टी सुटआउटमा पराजित हुँदै इंग्ल्यान्ड बाहिरिएको थियो ।

यूरो २०२० मा इंग्ल्यान्डले गरेका ४ मध्ये ३ गोल रहित स्ट्रलिङले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *