कोरोना अपडेट

३,०६६ कोरोनामुक्त, संक्रमित र मृतक कति ?

काठमाडौं । नेपालमा शनिबार थप २ हजार ३ सय २८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ८ सय ३७ वटा पीसीआर परीक्षणका क्रममा १ हजार ५ सय २७ ४ हजार २ सय ९६ एन्टीजेन परीक्षणका क्रममा ८०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ । त्यस्तै थप १९ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार १ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ३ हजार ६६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६ हजार ६ सय ६६ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २७ हजार ७१६ सक्रिय संक्रमित आइशालेशन र २९५ जना क्वारेन्टाइनमा छन् ।

नेपालमा हालसम्म ३३ लाख ६३ हजार ६६६ वटा पीसीआर र २ लाख ९ सय ९२ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *