एक थुङ्गा फूलको आत्महत्या

एक थुङ्गा फूलको आत्महत्या

म फूल हुँ
यानिकी संसारकै सुन्दर सिर्जना
बास्नादार, कोमल र स्निग्ध फूल ।

यति हुँदाहुँदै पनि
म आफूलाई घृणा गर्छु
आफ्नो जीवनलाई धिक्कार्छु ।
म चाहन्थेँ, मलाई छुने मान्छेको
आकाशजस्तै छवि
धर्तीजस्तै छाती
र, सगरमाथाजस्तै शिर होस् ।
तर म त झुन्डिरहेछु
त्यो मान्छेको गलामा
जो यो संसारकै सबैभन्दा घृणित काम गर्छ ।

त्यसैले झुन्डिएर उसैको घाँटीमा
आज म आत्महत्या गरिरहेछु
आर्यघाटमा मलाई फेरि फूल नचढाउनु ।

प्रतिक्रिया

One thought on “एक थुङ्गा फूलको आत्महत्या

  1. यानिकी भन्ने शब्दको ठाउँमा अर्थात् शब्द राखेर यो कविता मैले तीन पटक पढेँ । मान्छेको गलामा मालाकार हुनुपर्दा आत्महत्या गर्ने फूललाई म श्रद्धार्पण गर्न सक्दिनँ । आत्महत्यारुलाई श्रद्धाञ्जलि दिनै निषेध छ । फेरि श्रद्धाञ्जलि दिन अर्को फूलकै ज्यान लिनुपर्छ । मान्छेका गलामा आत्महत्या गरेका फूलको आत्मा बाँकी हुन्छ र? त्यो आत्मा हुन्छ भने म त्यसलाई श्रद्धाञ्जलि गर्न नसके पनि निराञ्जल आदर गर्छु किनभने फूल आफैमा पवित्र हो मानिसको गलाले मात्र उसलाई अपवित्रता दलेको छ । जीवननिवृत्त प्रिय फूल! तिमीलाई निराञ्जल सम्झना छ ।

Leave a Reply

Your email address will not be published.