प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव केशरीको निधन

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव एवं आख्यानकार गीता केशरीको ८६ वर्षका उमेरमा आज निधन भएको छ ।

उनी अज्लाइमर र हृदयरोगका कारण चाबहिलस्थित ओम अस्पतालमा भर्ना भई उपचाररत थिए । दिवगङ्त केशरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

केशरी २०६१ देखि २०६३ सम्म प्रतिष्ठानको सदस्य सचिव थिए । उनका एक दर्जन जति उपन्यास र केही कथासङ्ग्र्रह प्रकाशित छन् । केशरीका ‘सौगात’, ‘आवाज’, ‘मुक्ति’, ‘अन्तिम निम्तो’, ‘विश्वास’ लगायत कृति प्रकाशित छन् ।

प्रतिष्ठानका पूर्वसदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले उनको देहावसानबाट नेपाली आख्यान साहित्यका क्षेत्रमा अपूरणीय क्षति भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nine =