गोरखामा पहिरोले पुरिएर दम्पतीको मृत्यु

काठमाडौँ । गोरखाको सिरानचोक गाउँपालिकामा पहिरोले पुरिएर दम्पतीको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ७ उपल्लो गोहारेका ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको पुरिएर मृत्यु हो ।

शुक्रबार मध्यराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *