नम्बर एक बेल्जियम कि ३१ खेलसम्म अपराजित इटाली!

काठमाडौं । युरो कप २०२० अन्तर्गत क्वाटरफाइनलको दोस्रो खेलमा शुक्रबार १२:४५ मा बेल्जियम र इटाली खेल्दैछन् । बेल्जियम फिफा बरियतामा विश्व नम्बर एक हो भने इटाली ३१ खेलसम्म अपराजित टिम हो ।  इटालीले पछिल्ला १२ खेल लगातार जितेको छ भने बेल्जियमले पनि पछिल्ला पाँच खेलयता हार सामना गर्नुपरेको छैन । उपाधि दाबेदार मानिएका यी दुबै टीमबिचको खेल जारी प्रतियोगिताकै रोचकमध्येको एक हुने आकलन गरिएको छ ।

उत्कृष्ट लयमा रहेका दुवै टीम एक अर्कालाई हराएर अन्तिम चारमा प्रवेश गर्न  चाहन्छन् । इटालीले पछिल्लो पटक सन् २०१८ को अगस्टमा भएको नेसन्स लिगअन्तर्गतको खेलमा पोर्चुगलसँग १-० ले पराजित भएयता हार भोगेको छैन । त्यसयता इटालीले २६ जित र ५ बराबरी खेलेको छ ।

प्रिक्वाटरफाइनलमा अस्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलले पराजित गरेको इटालीले यही जितमार्फत सर्वाधिक खेलको अपराजित यात्राको राष्ट्रिय कीर्तिमान सुधार गरेको थियो । स्पेन र ब्राजिलले ३५ खेलसम्म हार नभोगेको इतिहास भेट्टाउन इटाली चार खेल टाढा छ ।

साविक च्याम्पियन पोर्चुगललाई क्वाटरफाइनलमा पाखा लगाएर अगाडि बढेको बेल्जियमले पछिल्लो पटक गत सेप्टेम्बरमा इङ्ल्यान्डसँग २-१ को पराजय भोगेको छ । योबीचमा ११ जित र २ बराबरीको नतिजा बेल्जियमले निकालेको छ ।

१६ वर्षपछि पहिलोपटक युरोकप खेल्ने क्रममा बेल्जियमले गत संस्करणमा क्वाटरफाइनलसम्म यात्रा तय गरेको थियो । त्यतिबेला बेल्जियमलाई ३-१ गोलले हराएर वेल्स सेमिफाइनल पुगेको थियो ।

बेल्जियम तीन वर्षअघि आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा फ्रान्ससँग १-० ले पराजित भएको बेल्जियमले तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्डलाई २-० ले पराजित गरेको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले बेल्जियमलाई उल्लेख्य सफलता दिलाइरहेका छन् । उनी सन् २०१६ यता बेल्जियमको प्रशिक्षक छन् । यसबीचमा बेल्जियमले ४७ खेल जितेको छ भने एक सय ७५ गोल गरेको छ ।

जारी प्रतियोगितामा क्वाटरफाइनल पुगेका टोलीमध्ये इटाली र बेल्जियमले मात्र समूहचरणका सबै खेल जितेका थिए । यद्यपि इतिहास भने इटालीको पक्षमा बलियो देखिन्छ । बेल्जियमले इटालीलाई युरोकप र विश्वकपमा हालसम्म पराजित गर्न सकेको छैन । बेल्जियमले जस्तै इटालीले पनि प्रशिक्षक रोबर्टो म्यानसिनीको नेतृत्वमा सानदार प्रदर्शन गर्दै आएको छ । पछिल्लो पटक यी दुई टीम गत यूरोमा समूहचरणमा भिडेका थिए‚ जहाँ इटाली २-० ले विजयी भएको थियो ।

बेल्जियमले इटालीलाई १९९९ मा भएको मैत्रीपूर्ण खेलमा पराजित गरेको थियो । बेल्जियमलाई इटालीसँगको खेल सहज भने हुने छैन । उसका स्टार खेलाडी इडेन हाजार्ड, केभिन डे ब्रुने चोटका कारण मैदानमा उपस्थित हुने/नहुने अन्यौल छ । यद्यपि प्रतियोगितामा ३ गोल गरेका रोमेलु लुकाकु र २ गोल गरेका थोर्गन हाजार्ड बेल्जियमको मुख्य हतियारका रुपमा हुनेछन् । इटालीका सिरो इम्मोबिल र मारियो लोकाटेलीले दुई-दुई गोल गरेकाले बेल्जियमविरुद्ध सोही लय कायम राख्ने ध्याउन्नमा उनीहरू हुनेछन् ।

तथ्यतथ्याङ्क
यी दुई टीमबीच यो मुख्य प्रतियोगितामा पाँचौं भिडन्त हो भने नकआउट चरणमा पहिलो हो । इटालीले अघिल्ला ४ मध्ये ३ खेलमा जित निकालेको छ भने एक खेल बराबरी भएको छ ।

पछिल्लो पटक २०१६ को समूह चरणमा भएको खेलमा बेल्जियमविरुद्ध इटालीले २-० को जित निकालेको थियो ।

बेल्जियम
गत संस्करण पनि क्वाटरफाइनल पुगेको बेल्जियम वेल्ससँग ३-१ ले पराजित भएर प्रतियोगितबाट बाहिरिएको थियो । बेल्जियमले खेलेका पछिल्ला १३ मध्ये ११ खेलमा जित निकालेको छ र ३२ गोल गरेको छ । बेल्जिमयले पछिल्ला २७ खेलमा केवल १ खेलमा पराजय भोगेको छ ।

Belgium predicted vs Italy - Euro 2020 quarter-finals

२०१९ मा वेम्ब्लीमा भएको नेशन्स लिगअन्तर्गतको खेलमा इंग्ल्यान्डसँग बेल्जियम २-१ ले पराजित भएको थियो ।

पछिल्लो पटक २०१८ को विश्वकप सेमिफाइनलमा फ्रान्ससँग १-० ले पराजित भएयता बेल्जियमले ३४ खेलमा लगातार गोल गरेको छ ।

इटाली
इटाली लगातार चार पटक युरोपियन च्याम्पियनसिपको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ । उसले खेलेका पछिल्ला तीन क्वाटरफाइनल भिडन्तमा पेनल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो । जहाँ २००८ मा स्पेन, २०१२ मा इंग्ल्यान्ड र २०१६ मा जर्मनीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

इटालीले लगातार १२ खेलमा जित निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएको छ । उसले ३४ गोल गर्दा केवल १ गोल खाएको छ । इटाली ३१ खेलमा अपराजित राष्ट्रिय रेकर्ड कायम गर्न सफल भएको छ ।

EURO 2020: Chiellini set to start against Belgium - Football Italia

अक्टोबरयता इटालीले  पहिलो पटक अस्ट्रियासँग अतिरिक्त समयमा गोल खान पुगेको थियो । जुन मैदानमा बिताएको १९ घन्टा २८ मिनेटपछि गोल खाएको हो ।

युरोपियन च्याम्पियनसिपमा बेल्जियमविरुद्ध गोल गरे मटेओ पेसिना लगातार तीन खेलमा गोल गर्ने पहिलो इटालियन खेलाडी बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *