विद्यार्थीले फेरि जलाए प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरु)

काठमाडौं । विद्यार्थीहरुले पुनः प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । पाँच दलसम्बद्ध विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनहरुले शुक्रबार (आज) नेपाल कमर्स क्याम्पस अगाडि मसाल जुलुश निकाल्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

विद्यार्थीहरुले संसद् विघटनको सरकारको निर्णय सच्चिनुपर्नेलगायतका नारा लगाँदै प्रदर्शन गरेका हुन् । उनीहरुले कालोबजारी नियन्त्रण हुनुपर्ने, जनताको सुरक्षाको ग्यारेन्टी हुनुपर्नेलगायतका मागहरुसमेत गरेका छन् ।

यसअघि गत बुधबारसमेत विद्यार्थीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका थिए । खासगरी गत जेठ ८ गते राति प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा भङ्ग गर्ने निर्णय सदर गरेपछि ओली—भण्डारीको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *