आजदेखि युरोकपको क्वाटरफाइनल, खेल्दैछन् यी चार टिम

काठमाडौँ । युरो २०२० मा आजबाट फुटबलको क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । जसअन्तर्गत आजराती दुई खेल हुनेछन् ।

पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रोमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्नेछन् । स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

स्विट्जरल्यान्डले विश्वकप विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो भने स्पेनले क्रोसियालाई ५-३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । दुबै टिमको नजर सेमिफाइनलमा पुग्नु हुनेछ । त्यसका लागि स्विट्जरल्यान्ड र स्पेन जित निकाल्न चाहन्छन् ।

बेल्जियम र इटालीबीचको दोस्रो क्वाटरफाइनल खेल जर्मनीको एलिनाज स्टेडियममा राति १२ः४५ बजे सुरु हुनेछ । फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको थियो भने प्रि-क्वाटरफाइनलमा इटालीले अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको हो ।

उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *