वर्ल्ड रेमिटबाट खल्ती खातामा पैसा पाउँदा २०० बोनस

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले वर्ल्डरेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधाअन्तर्गत पठाइएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० बोनस तुरुन्तै पाउनेछन् ।

वर्ल्डरेमिटसँगको सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ केवाईसी (ग्राहक पहिचान) भेरिफाइ भने गराएको हुनुपर्ने छ ।

खल्तीमा पैसा पठाएपछि केही नगरी पैसा र बोनस स्वतः दुबै खल्तीमा लोड हुनेछ । यसको विवरण खल्ती एपको ट्रान्जेक्सन सेक्सनमा गइ सहजै हेर्न सकिन्छ ।

खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख सौरभ राज पाण्डे भन्छन्– ‘हामी डिजिटल प्लेटफर्ममार्फत ग्राहकको आवस्यकता पुर्ति गर्न प्रतिबद्ध छौँ ।

वर्ल्डरेमिट सँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाध रुपमा सरल र झन्झटरहित तवरले पैसा पठाउन, पाउन, र व्यवसायलाई झन्झटरहित तवरले अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्नेछ । भरपर्दो, सस्तो, र छिटो सेवा भएकोले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास हामीले राखेका छौँ ।’

वर्ल्डरेमिटका दक्षिण एशिया को लागि कन्ट्री डाइरेक्टर रुजान अहमदले भने– ‘खल्ती सँगको यस सम्झौताले अब ग्राहकले परिवार तथा आफन्तलाई पैसा पठाउन सजिलो बनाएको छ । खल्तीसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ ।’

वर्ल्डरेमिटबाट खल्तीमा पैसा पठाउन वर्ल्डरेमिट एप लगइन गरी सेन्ड मनिमा ट्याप गर्ने र गन्त्व्यमा नेपाल रोजी पठाउन चाहेको रकमको अंक दाखिला गरी पठाउन सकिने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *