अन्तिम दिन नेप्सेमा १९ अंकको सुधार, कारोबार रकम भने ७ अर्ब पनि पुगेन

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से)मा सुधार देखिएको छ ।

मंगलबार र बुधबार घटेको बजार बिहीबार भने १९.१२ अंकले बढेर २८४३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक समेत ६.३३ अंकले बढेर ५२८.७१ अंकमा पुगेको छ ।

यस दिन १३ ओटा समूहगत परिसूचक मध्ये निर्जीवन बीमा बाहेका सबै समूहहरु हरिया भएका छन् । तर, बढेको बजारमा पनि कारोबार रकम भने ७ अर्ब पनि पुग्न सकेन ।

यस दिन ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४ सय ८४ रुपैयाँमा २ सय २४ कम्पनीका ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता सेयरको खरिदबिक्री भएको छ ।

यस दिन सबैभन्दा बढी ओरियन्ट होटेल, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, गुडविल फाइनान्स लगायत कम्पनीको सेयर बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *