सिद्धार्थ बैंकद्वारा ‘इजी बैंक’ डिजिटल अनलाइन प्लेटफर्म सेवा सुरु

काठमाडाैं । सिद्धार्थ बैंकले ‘इजी बैंक’ नामको डिजिटल बैंकिङ्ग अनलाइन प्लटेटर्फम सेवा सुरु गरेको छ । सरकारले अघि बढाएको डिजिटल नेपाल अभियानअन्तर्गत रहेर यस्तो प्लेटफर्म ल्याएको बैंकले जनाएको छ । सिद्धार्थ बैंकको आधिकारिक वेबसाइटमा गइ वा सोझै  https://easybank.siddharthabank.com लिङ्क मार्फत ग्राहकले डिजिटल कार्य प्रणाली सुचारु गर्न उक्त प्लटफर्मको प्रयोग गर्न सक्ने भएका छन् ।

बैंकका अनुसार उक्त प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ । यसले ग्राहकले प्रयोग गर्न चाहेका डिजिटल सुविधा सहजताका साथ छनौट गर्न सक्ने छन् । यो प्लेटफर्मको प्रयोग गरी ग्राहकले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने तथा आफ्नो सीआरएन नम्बर हेर्न सक्ने छन् ।

यो प्लेटफर्म जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड–१९ को महामारीको अवस्थामा ग्राहकहरु सुरक्षाको दृष्टिकोणले अझ बढि लाभदायक रहने बैंकले जनाएको छ । डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहक महानुभावलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिई बैंकले आगामी दिनमा यस प्लाटफर्ममा अरु पनि बैंकिङ्ग सेवाहरु थप गरी यस प्लाटफर्मलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *