राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाएर ठगी गर्न खोज्नेप्रति सजग रहन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकको नाममा अनधिकृत रुपमा फेसबुक पेज सिर्जना गरी गठी गर्न खोजिएको भन्दै सजग रहन राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकको नाममा खोलिएको एक अनधिकृत फेसबुक पेजमार्फत २०० जनालाई अनुदान दिने भन्दै विवरण माग गरिएको र भ्रामक सूचना फैलाई ठगी गर्न खोजिएको पाइएपछि बैंकले यस्तो आग्रह गरेको हो । बिहीबार विज्ञप्ती जारी गरी बैंकले यस्तो आग्रह गरेको हो ।

जारी विज्ञप्तीमा भनिएको छ– ‘हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आव्हन फेसबुक पेज मार्फत नगरिएको व्यहोरा अनुरोध गर्दै अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही हुने ब्यहोरा अनुरोध गर्दै यसरी यस बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्नुहुन सम्पूर्ण फेसबुक प्रयोगकर्ताहरुमा जानकारी गराइन्छ ।’

यस्ता भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न पनि बैंकले सर्वसाधारणलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *