पोर्चुगलका नुनो अब टोटनह्यामको प्रशिक्षक

काठमाडाैँ । इग्लिस क्लब टोटेनह्मयामले पोर्चुगलका नुनो सान्टोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त गरेपछि रायन मासनले सम्हाल्दै आएको टिमको मुख्य प्रशिक्षकमा नुनोलाई दुई वर्षका लागि नियुक्त गरिएको क्लबले जनाएको छ ।

पोर्चुगलका पूर्वगोलकिपरसमेत रहेका नुनो सन् २०१७ देखि इंग्लिस क्लव उल्भ्सको प्रशिक्षक थिए । उनले गत सिजनबाट उल्भ्स छाडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *