२१ वर्षपछि मेस्सी सम्झौताविहीन

काठमाडाैं । फुटबल खेलाडी लियोनल मेस्सी सन् २००० पछि पहिलो पटक बार्सिलोनामा सम्झौताविहीन भएका छन् । उनको सम्झौता बुधबार रातिबाट सकिएपछि अब उनी फ्री ट्रान्सफरमा जुनसुकै क्लब जान सक्ने अनुमान गरिएको छ ।

मेस्सीलाई म्यानचेस्टर सिटी, पिएसजीले जस्तोसुकै मूल्य खर्च गर्न तयार रहँदा बार्सिलोना भने उनको सम्झौता रिन्यू गर्नसमेत असफल भइरहेको छ । केहि महिनाअघिबाटै मेस्सी बार्सिलोनामै रहने हल्लाबीच उनको सम्झौता सोमबार मध्यरातमा सकिएको हो ।

धेरैले बार्सिलोनामा मेस्सीले दुई वर्ष सम्झौता रिन्यू गर्ने दाबी गरिरहँदा अब मेस्सीको यात्रालाई विश्व फुटबलमा चासोका साथ हेरिएको छ । उनी बार्सिलोनामै रहन सक्ने भएपनि अब विश्वका धनाढ्य क्लबहरुले उनलाई फ्री ट्रान्सफरमा लिनका लागि प्रयास गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *