मेलम्ची बजारसहित तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले भारी वर्षा जारी रहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।

‘बुधबार बेलुकिदेखि लगातार भइरहेको वर्षाले सिन्धुपाल्चोकका शर्माथाङ्ग, धाप र चौतारा क्षेत्रमा वर्षा भइरहेकाले मेलम्ची बजारलगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह अनुरोछ छ,’ महाशाखाले भनेको छ । वर्षाले मेलम्चिमा पानी बढ्नसक्ने पूर्वानुमान गर्दै महाशाखाले उच्च सावधानी अपनाउन पनि भनेको छ ।

दुई हप्ता अगाडि मेलम्ची र इन्द्रावतीमा आएको बाढीले उक्त क्षेत्रमा ठूलो परिमाणमा जनधनको क्षति पुर्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *