विशेष अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले २०२१ को जुलाइ महिनामा हुने विशेष अन्तर्राष्ट्रिय उडानको तालिका स्वीकृत गरी सार्वजनिक गरेको छ ।

सातामा २१ ओटा उडान गर्ने गरी तालिका सार्वजनकि भएको हो । भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरिया हुने उडानको संख्या तोकेर तालिका सार्वजनिक गरेको हो ।

अनुमति प्राप्त गन्तव्यमा नेपाल र गन्तव्य देश गरी दुबै देशका बायु सेवा कम्पनीले समान उडान गर्न पाउने भएका छन् । नेपाली विमान कम्पनी नजाने कोरिया, टर्की, कुवेत र ओमानमा भने तिनै देशका वायु सेवा कम्पनीहरुले मात्रै उडान गर्ने छन् ।

नेपालबाट नेपाल एयरलाइन्सले नयाँदिल्ली, दोहा, दुबई, क्वालालाम्पुर र जापानको नारितामा उडान गर्ने अनुमति पाएको छ । हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेहरुमा मा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *