चिठ्ठा परेको सन्देश पठाएर ठगी गर्नेहरुबाट सजग हुन आग्रह

काठमाडौं । चिठ्ठा परेको भन्दै व्यक्तिको बैंक खाता नम्बर र विवरणहरु मागेर सामाजिक सञ्जालमार्फत ठगी गर्नहरु सक्रिय भएको भन्दै सचेत हुन नेपाल बैंकर्स संघले सबैलाई आग्रह गरेको छ । बुधबार संघले विज्ञप्ती जारी गरी यस्तो आग्रह गरेको हो ।

विज्ञप्तीमा भनिएको छ– ‘अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहक महानुभावहरुलाई चिठ्ठा परेको र रकम पठाउनका लागि खाता/व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं, मोबाईल नं, पासवर्ड (ओटीपी) प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जानकारीमा आएकोले यस विषयमा सजक रही आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न हुन आग्रह गर्दछौं ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =