सीपीभीआर २०२१ मा ओपोले हात पार्‍यो १२ अवार्ड

काठमाडौं । ओपोले प्रिमियर एन्यूअल कम्प्यूटर भिजन ईभेन्ट, कम्प्यूटर भिजन एण्ड प्याटर्न रिगक्निशन कन्फरेन्स (सीपीभीआर) २०२१मा सहभागिता जनाएको छ ।

सम्मेलनमार्फत ७ प्रमुख चुनौतिअन्तर्गत १२ भिन्न प्रतियोगितामा उपस्थिति जनाएको ओपोले एआई क्षेत्रमा पुर्‍याएका उपलब्धिलाई मान्यता प्रदान गरिएको थियो ।

जसअन्तर्गत कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनिय नवप्रवर्तनका लागि एक पहिलो स्थान, सातवटा दोस्रो र चार तेस्रो अवार्डहरू प्रदान गरिएको जनाएको छ ।

सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा ईन्टेलिजेन्ट पर्सेप्सन एन्ड ईन्टरएक्सन डिपार्टमेन्ट र ओपो यूएस रिसर्च सेन्टर अफ ओपो रिचर्स ईन्स्टिच्यूटका सदस्यहरु सम्मिलित रहेको जनाएको छ ।

ओपोका चिफ साइन्टिस्ट, ईन्टेलिजेन्ट पर्सेप्सन एरिक गुओले भने, ‘यस वर्षको सीपीभीआर प्रतियोगितामा पनि यस्तो उल्लेखनीय नतिजा पाउँदा हामी निकै हर्षित छौँ ।’

सोही श्रेणीमा सहभागिता जनाएका अन्य २४० सहभागीभन्दा पृथक र अगाडि देखिन कम्पनीको एआई क्षमताले मूख्य भूमिका खेलेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *