युरो २०२० : यस्तो छ क्वाटरफाइनल समीकरण

काठमाडौँ । युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा भएको छ । नकआउट चरण (अन्तिम १६) का खेल सकिएपछि ८ टिम क्वाटरफाइनलमा पुगेका छन् भने ८ टिम युरोकपबाट बाहिरिएका छन् ।

क्वाटरफाइनलमा इटाली, बेल्जियम, स्वीट्जरल्याण्ड, स्पेन, युक्रेन, इङल्याण्ड, चेक रिपब्लिक र डेनमार्क पुगेका छन् । डिफेन्डिङ च्याम्पियन पोर्चुगल, गत युरोको उपविजेता फ्रान्स, जर्मनी, क्रोसिया, स्विडेन, नेदरल्यांड्स, अस्ट्रिया र वेल्स युरोकपबाट बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा बेल्जियमले इटालीको सामना गर्ने छ भने स्पेनको सामना स्वीट्जरल्याण्डसँग हुने छ । त्यस्तै इङल्याण्डले युक्रेनसँग खेल्ने छ भने चेक रिपब्लिकले डेनमार्कको सामना गर्ने छ ।

क्वाटरफाइनलमा शुक्रबार राति नेपाली समय अनुसार ९:४५ बजे स्वीट्जरल्याण्ड र स्पेन खेल्ने छन् भने राति १२:४५ बजे बेल्जियम र इटाली भिड्ने छन् । शनिबार राति ९:४५ बजे चेक रिपब्लिक र डेनमार्क खेल्दै छन् भने राति १२:४५ बजे इङल्याण्ड र युक्रेन खेल्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *