स्वीडेनलाई स्तब्ध बनाउँदै युक्रेन अन्तिम ८ मा

काठमाडौँ । युक्रेन युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा युक्रेनले स्विडेनलाई २-१ गोल अन्तरले परजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेपछि अतिरिक्त समयमा पुगेको यस खेलमा १२१औं मिनेटमा युक्रेनले गोल गर्दै जित निकालेको थियो ।युक्रेनको जितमा आर्टेम डोभयाक र ओलेक्सान्डर जिन्चेन्कोले एक एक गोल गरेका थिए ।

त्यस्तै स्विडेनका लागि एक गोल एमिल फोर्सबर्गले गरेका थिए । यस खेलमा अतिरिक्त समयको ९९औं मिनेटमा मार्कस डानियलसनले रातो कार्ड पाएर मैदान छोड्दा स्विडेन १० खेलाडीमा सिमित भएको थियो ।

हारपछि स्विडेन युरोकपबाट बाहिरिएको छ । क्वाटरफाइनल पुगेको युक्रेनले अब इङल्याण्डको सामना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *