जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

काठमाडौँ । इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा जर्मनीलाई २-० गोल अन्तरले परजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुगेको हो ।

इंग्ल्यान्डको जितमा रहीम स्टरलिङ र ह्यारी केनले एक एक गोल गरे । पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलको ७५औं मिनेटमा स्टरलिङले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए भने केनले खेलको ८६औं मिनेटमा गोल गर्दै इङल्याण्डको अग्रता दोब्बर पारेका थिए ।

यो हारपछि जर्मनी युरोकपबाट बाहिरिएको छ । क्वाटरफाइनलमा पुगेको इंग्ल्यान्डले अब युक्रेनको सामना गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *