युरोकप : आज क्वाटरफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्ने

काठमाडौँ । युरोकप अन्तर्गत आज अन्तिम १६ का दुई खेल हुँदैछन् । आज हुने खेलमा इङ्ल्यान्डले जर्मनी र स्विडेनले युक्रेनको सामना गर्नेछन् । यी खेलबाट युरो कपको क्वाटरफाइनल पुग्ने सबै टोलीको टुङ्गो लाग्ने छ ।

युरोकपको इङ्ल्यान्ड र जर्मनीबीचको खेल नेपाली समय अनुसार यो खेल राति ९ः ४५ बजेबाट सुरु हुनेछ । समूह डी मा रहेको इङ्ल्यान्ड समूहमा २ जित र एक बराबरी खेल्दै ७ अंक हासिल गर्दै नकआउट चरणमा पुगेको हो । जर्मनी यस युरोकपको ग्रुप अफ डेथ भनिएको समूह एफबाट ३ खेलमा एक जित एक बराबरी र एक हारसहित ४ अंक बटुल्दै दोस्रो भएर नकआउट चरणमा पुगेको हो ।

अर्काे खेलमा नेपाल समय अनुसार राति पौने १ बजे हुने खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ । स्विडेन समूह ‘ई’को विजेता तथा युक्रेन समूह ‘सी’ बाट उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा नकआउट चरण प्रवेश गरेका हुन् । स्विडेन युक्रेनलाई हराउँदै क्वाटरफाइनल प्रवेश गर्ने प्रयासमा छ । युक्रेन पनि स्विडेनलाई स्तब्ध पार्दै अघि बढ्न चाहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *