एमबाप्पे पेनाल्टीमा चुक्दा फ्रान्स बाहिरियो

काठमाडौँ । स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टीसुट आउटमा पराजित गर्दै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टिमले ३-३ गोल गरेपछि थपिएको अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा स्वीट्जरल्याण्ड ५-४ ले विजयी भएको थियो । फ्रान्सका किलियन एम्बाप्पेले पेनाल्टी मिस गरेपछि स्वीटजरल्याण्डले खेल जितेको हाे ।

यसअघि ९० मिनेटको खेलमा फ्रान्सका करिम बेन्जमाले २ गोल गरेका थिए भने पाउल पोग्वाले एक गोल गरेका थिए । त्यस्तै स्वीट्जरल्याण्डका लागि हारिस सेफेरोभिकले दुई गोल गरेका थिए भने मारो गाभ्रानोभिकले एक गोल गरेका थिए ।

अब क्वाटरफाइनलमा स्वीट्जरल्याण्डले स्पेनको सामना गर्ने छ । योसँगै अहिलेसम्म स्वीट्जरल्याण्डसहित इटाली, स्पेन, बेल्जियम, डेनमार्क र चेक रिपब्लिक यस युरोकपको क्वाटरफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *