क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा

काठमाडौँ । स्पेन युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति नकआउट चरणको खेलमा क्रोसियालाई ५-३ गोल अन्तरले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय अतिरिक्त समयमा भएको थियो । स्पेनले अतिरिक्त समयमा २ गोल गरेको थियो । खेलको १००औं मिनेटमा अल्भारो मोराटाले गोल गरेका थिए भने १०३औं मिनेटमा मिकेल ओयार्जाबालले अर्को गोल गरेका थिए ।

स्पेनका लागि यस अघि खेलको ३८औं  मिनेटमा पाब्लो सर्बियाको गोलमा बराबरी गरेको थियो । त्यसपछि खेलको ५७औं मिनेटमा सिजार असपीलिक्यूएटाले गोल गर्दै स्पेनलाई २-१ ले अग्रता दिलाएका थिए भने स्पेनका लागि तेस्रो गोल खेलको ७६औं मिनेटमा फेरान टोरेजले गरेका थिए ।

खेलको २०औं मिनेटमा स्पेनका पेड्रीले आफ्ना गोलकिपर दिएको ब्याक पास सम्हाल्न नसक्दा आत्मघाती गोल भएको थियो र क्रोसियाले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि ३-१ गोल अन्तरले पछि परेको अवस्थामा क्रोसियाका लागि मिस्लाभ ओर्सिकले खेलको ८५औं  मिनेटमा गोल गर्दै कमब्याकको शुरवात गरेका थिए भने खेलको ९२औं मिनेटमा मारिओ पासालिकले गोल गर्दै खेल बराबरी गरेका थिए ।

अब स्पेनले क्वाटरफाइनलमा स्वीट्जरल्याण्डसँग खेल्ने छ । अहिलेसम्म क्वाटरफाइनलमा इटाली, डेनमार्क, चेक रिपब्लिक, बेल्जियम र स्वीट्जरल्याण्ड पुगिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *