स्विट्जरल्यान्डविरुद्ध सहज छैन फ्रान्सलाई

जारी युरो कप-२०२० को नकआउट चरणअन्तर्गत मध्यरात १२:४५ मा हुने खेलमा फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्दैछ । रोमानियाको नेसनल एरिनामा हुने खेलमा दुवै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने ध्याउन्नमा हुनेछन् ।

साविक उपविजेता रहेको फ्रान्स यो पटक उपाधि दाबेदार मानिएको छ । ‘ग्रुप अफ डेथ’मा समूह एफको विजेताको रुपमा नकआउट चरण पुगेकाले पनि फ्रान्स आत्माविश्वासी रहेको छ । समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० ले पराजित गरेको थियो भने हंगेरीसँग १-१ तथा पोर्चुगलसँग २-२ गोलको बराबरी भएको थियो ।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले स्विट्जरल्यान्डविरुद्ध सहज नहुने बताए । उनीहरू संगठित टिम भएकाले सोहीअनुसार रणनीति बनाउने बताए । स्विट्जरल्यान्ड समूह एबाट उत्कृष्ट तेस्रो बन्दै नकआउटमा प्रवेश गरेको हो ।

फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेलमा फ्रान्स बलियो देखिन्छ । फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ । तर स्विट्जरल्यान्ड भने बिनादबाब मैदानमा उत्रँदा फ्रान्सलाई सहज हुने देखिँदैन ।

तथ्य तथ्याङ्क
मुख्य प्रतियोगितामा फ्रान्स र स्विट्जरल्यान्डबीच पाँचौंपटक (युरो २००४, २०१६, विश्वकप २००६, २०१४,) प्रतिस्पर्धा हुन लागेको हो ।

युरो कप २०१६ को फाइनलमा पराजित भएयताका मुख्य प्रतियोगितामा १६ खेलमा फ्रान्स अपराजित छ । पछिल्लो पटक युरोपियन च्याम्पियन्सीप छनोटमा टर्कीसँग जुन २०१९ मा पराजित भएको थियो । स्विट्जरल्यान्ड मुख्य प्रतियोगितामा पछिल्ला चार खेलमा चारपटक नै नकआउट चरणमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *