विरोधकाबीच सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिकाबीच सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको हो ।

यही असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले अfगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेट माथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रकै सांसदहरुबाट विरोध भए पनि अन्ततः बजेट पारित भएको छ ।

सत्ता पक्षकै सांसदहरुले यसअघि विचौलियाहरुको माध्यमबाट सेटिङमा बजेट ल्याएको भन्दै संशोधनको माग गरेका थिए । सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शाहले सोमबार उक्त आरोपको खण्डन गर्दै बजेट कानूनी आधार तय गरेर आएको दाबी गरेका छन् ।

शाहले वार्षिक कार्यक्रम पुस्तिकामा त्रुटीका कारण दोहोरो परेका, नाम र ठेगाना फरक परेका योजनाहरु सच्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *