वैदेशिक व्यापारलाई सहज गर्न नयाँ एक्जिम कोड कार्यविधि जारी

काठमाडौं । सरकारले निकासी वा पैठारी सङ्केत नम्बर (एक्जिम कोड) प्रदान गर्ने कार्यविधि २०७८ जारी गरेको छ । यसअघिको कार्यविधिलाई खारेज गरेर सरकारले नयाँ व्यवस्थासहितको कार्यविधि ल्याएको हो । नयाँ कार्यविधिले १० हजारसम्मको मालबस्तु आयात गर्न र १० लाख रुपैयाँ सम्मको मालवस्तु निर्यात गर्न एक्जिम कोड अनिर्वाय चाहिने व्यवस्था गरेको छ ।

वाणिज्य विभाव वा उद्योग विभागमा दर्ता भएको कम्पनीले एक्जिम कोड पाउनका लागि योग्य भएको ठहरिने छन् । त्यस्तै, आयात निर्यात गर्न चाहने कम्पनीको न्यूनतम चुक्ता पुँजी १० लाख रुपैयाँसम्म हुनुपर्ने व्यवस्था गरिएको छ ।

कार्यविधिअनुसार सरकारी निकाय, सार्वजनिक संस्थान, सरकारी आयोजना, कूटनीतिक नियोग वा गैर सरकारी संघ संस्थाले गैर व्यापारिक प्रयोजनका वस्तु, दान, उपहार वा राहतका लागि आएको वस्तु आयात वा निर्यातका लागि एक्जिम कोड आवश्यक पर्दैन ।

त्यस्तै, औद्योगिक व्यवसाय ऐन २०७६ बमोजिम दर्ता भएका लघु, घरेलु तथा साना उद्योगले आफ्नो उत्पादनका लागि चाहिने कच्चा पदार्थ, यन्त्र उपकरण र त्यसको पाटपूर्जा आयात गर्दा एक्जिम कोड चाहिँदैन । तर व्यवसायीले यस्तो कोडको वैधताको म्याद वा नविकरण गर्ने समयसीमा बढाउन माग गरेकोमा उक्त सीमा भने यथावत् राखिएको छ ।

यस्ताे छ कार्यविधि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *