कांग्रेसको जोडपछि सुदूरपश्चिमको आर्थिक कार्यविधि संशोधन अध्यादेश पारित

धनगढी । सुदूरपश्चिम प्रदेशको ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित भएको छ ।

छोटो प्रक्रियाबाट बजेट ल्याउन प्रदेश सरकारले अध्यादेश ल्याउने बताएपनि प्रदेशसभामा पेश गरेको थिएन । पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि संसद अवरुद्ध गरेपछि आइतबार बसेको प्रदेशसभा बैठक उक्त अध्यादेश पारित भएको हो ।

अध्यादेश आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले शुक्रबार प्रदेशसभा बैठकमा पेश भएका थिए । उनले प्रदेशसभा नियमावली २०७४ को नियम ९५ को उपनियम ४ अनुसार अध्यादेश स्वीकृत गर्न प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए ।

अध्यादेश सभामुख अर्जुनबहादुर थापाले निणयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले मौन समर्थन जनाएका थिए ।

प्रदेश सभामा एमालेका २५, माओवादीका १३ कांग्रेसका १२ र जसपाका २ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *