कल्पग्रन्थको वितरण शुरु, पहिलो प्रति वाग्लेलाई

काठमाडौँ । लेखक कुमार नगरकोटीको कथा संग्रह ‘कल्प-ग्रन्थ’को वितरण सुरु भएको छ । लेखक नगरकोटीले लेखक एवम् पत्रकार नारायण वाग्लेलाई कल्पग्रन्थ हस्तान्तरण गरेसँगै  वितरण सुरु गरिएको प्रकाशक बुक-हिलले जनाएको छ ।

‘कल्प-ग्रन्थ’को आफ्नो प्रति हात पारेपछि नारायण वाग्लेले मुद्रण र यसको प्रकाशन शैलीले अन्य लेखकलाई पनि लेखन र प्रयोगमा उत्साह थप्ने र यो एउटा मानक किताब बन्ने बताए ।

कल्पग्रन्थ प्रकाशन हुनुपुर्व नै इच्छुकहरुसँग ‘पूर्व-भुक्तानी’ लिई भुक्तानी गर्नेहरुका लागि मात्र प्रकाशित गरिएको बुक हिलले जनाएको छ । वाग्लेलाई पनि उनको ‘पूर्व-भुक्तान-प्रति’ हस्तान्तरण गरिएको बुक हिलका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए ।

गत वर्षको चैतमै सार्वजनिक गर्ने गरी भुक्तानी लिइएको भएपनि कोरोना महामारीका कारण रोकिएको उनले बताए ।

बुकहिलका अनुसार ‘कल्पग्रन्थ’ ३७१३ प्रति बुकिङ भएको थियो भने देश तथा विदेशमा रहेका सबै पाठकमा वितरण गरिसक्न एक साता लाग्नेछ । विभिन्न शैलीका प्रयोगात्मक ७० वटा कथा रहेको कल्पग्रन्थमा आधारित कुमार नगरकोटीको गीत खर्पन चैत २८ गते सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *