सरस्वती प्रधानको पक्षमा हस्ताक्षर संकलन (तस्बिरहरु)

रुपाविरुद्ध जालसाजीको मुद्दा चलाउने तयारी

काठमाडौं । दलित समुदायका व्यक्तिलाई कोठा भाडामा नदिएको अभियोग लागेकी सरस्वती प्रधानलाई फसाइएको भन्दै उनको ‘न्याय’को लागि काठमाडौंमा हस्ताक्षर संकलन गरिएको छ ।

नेवार समुदायका अभियन्ताहरुले आइतबार (आज) वसन्तपुर क्षेत्रको हनुमानढोकामा हस्ताक्षर संकलन गरेका हुन् । यसपछि भोलि ललितपुरमा र कीर्तिपुरमासमेत हस्ताक्षर संकलन गरेर सम्बन्धित निकायमा बुझाउने अभियन्ताहरुले बताएका छन् ।

रुपा सुनारले योजनाबद्ध रुपमा प्रधानलाई फसाएको उनीहरुको तर्क छ । हस्ताक्षर संकलन सकिएपछि सुनारविरुद्ध जालसाजी र मानहानीको मुद्दा हाल्ने तयारी रहेको उनीहरुले बताएका छन् ।

आफ्नो घर/सम्पत्तिमा आफ्नो अधिकार संविधानसम्मत् रहेकोमा रुपाले सुनियोजित रुपमा घरबेटी प्रधानलाई फसाएको उनीहरुको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *