मेलम्चीमा बढ्यो पानीको वहाब, बिहानै ढल्यो तीन तले घर

आज यी क्षेत्रमा बाढी आउन सक्छ

काठमाडौँ । सिन्धुपाल्‍चोकको मेलम्ची खोलामा पानीको वहाब बढेको छ । गएरातिदेखि पानी परेकाले खोलामा पानीको वहाब बढेको हो ।

खोलामा पानीको वहाब बढेसँगै मेलम्ची-११ का गोपाल दुलालको तीन तले घर ढलेको स्थानीयले जानकारी दिएका छन् । असार १ गतेको बाढीपछि घर जोखिममा परेको थियो । परिवारले भने घर छोडेको थियो ।

आज यी क्षेत्रमा बाढी आउन सक्छ
देशका विभिन्न खोलानालामा बाढीको जोखिम हुनसक्ने भनी बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ । आज नारायणी, कर्णाली,महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका सहायक नदीमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने अनुमान छ ।

महाशाखाका अनुसार झापा, सुनसरी, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, परासी र लुम्बिनी प्रदेशको नवलपुर जिल्ला भइ बग्ने नदीमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *