प्रधानमन्त्रीलाई सिन्धुपाल्चोकवासीको १८ बुँदे ज्ञापनपत्र

काठमाडौं । सिन्धुपाल्चोक हेलम्बु र मेलम्चीसँगै आसपासका क्षेत्रमा ठूलो धनजनको क्षति भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ । हेलम्बु र मेलम्चीसँगै पाँच पोखरी, थाङपाललगायतका क्षेत्रमा बसोबास गर्नेहरुले ठूलो धनजनको क्षतिसँगै दैनिक उपभोग्य सामग्रीको समेत अभाव भएको भन्दै तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलगायतका नेताहरुले १८ बुँदे ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाइएको हो ।
ज्ञापनपत्रमा उल्लिखित क्षेत्रमा बसोबास गर्ने ४०० घरपरिवारलाई जस्तापाता, बेलिब्रीज निर्माण, बिजुली, संचार, सडक, नदी कटान नियन्त्रण, पुनः निर्माणलगायतको माग गगरिएको हो ।

बाढी पहिरोबाट भएका क्षतीको विवरणः—
—बाढी पहिरोका कारण १६ जनाको मृत्यु
—४०० परिवार विस्थापित, (३३७ वटा घर र ६० वटा गोठ )
—६ वटा मोटर पुल
—१३ वटा झोलुंगे पुल बगाएको
—हेलम्बु २ को किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको
—२ वटा विद्यालय (सरस्वती मावि हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम रहेको
—सडक मार्ग भत्किएर बगरमा परिणत भएको, पहिरोले पुरेको र लेदो थुप्रिएर पूरै यातायात बन्द भएको
—खानेपानी प्रणाली अवरुद्ध भई खानेपानीको अभाव भएको
—नदी आसपासका सिचाई कुलो पूरै बगाएको
—नदी किनारका घरहरुमा हिलो, लेदो पसी बस्न नहुने भएको
—१० वटा ट्राउट माछा फर्म, भैसी फर्म, बंगुर फर्म र रिसोर्ट बाढीले बनाएको
—नदीले आफ्नो वहाव परिवतर्न गरी जथाभावी बगिरहेको छ
—मेलाम्ची खानेपानी आयोजनामा अपूरणीय क्षति भएको
—विद्युत प्रसारण लाईन अवरुद्ध
—बैंकबाट रिण लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको बैंक किस्ता भुक्तानीमा समस्या भएको
उल्लेखित विषयमा सो स्थानका जनसमुदायले भोगिरहेका समस्याहरुलाई यथाशीघ्र सम्बोधन गरी मृतक परिवारलाई क्षतिपूर्ति, राहत र विस्थापित ४०० परिवारलाई राहत र पुनःस्थापना, नदीहरुको नियन्त्रण, बिग्रे÷भत्केका संरचना (खानेपानी, विद्युत, सडक, पुल) को तत्काल पुनःनिर्माण गर्नका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश अधिवेशन आयोजक कमिटीेको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।
१) मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारद्वारा गरियोस् ।
२) बहुआयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे गरी दिर्घकालिन एकिकृत पूनः निर्माणको लागि लागत इस्टिमेट अनुसार बजेटको व्यवस्था गरी तत्कालै कार्य प्रारम्भ गरियोस् ।
३) विस्थापित ४ सय परिवारको अस्थाई बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता पात उपलब्ध गराई अस्थायि बासस्थान निर्माण गर्ने व्यवस्था गरियोस् ।
४) नदि किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्ने र भत्केका घरहरुको पूननिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गरियोस् ।
५) बिग्रे भत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गरियोस् ।
६) भत्केका मोटर पुलमा अस्थाई (बेलीव्रिज वा कजवे निर्माण गरी) मोटर बाटो सञ्चालनमा ल्याउने र मानिस आवत जावतको लागि तत्कालै झोलुृङ्गे पुल निर्माण गरियोस् ।
७) ध्वस्त भएको सञ्चार र विद्युत प्रशारणको लाईनको मर्मत गरी तत्कालै विद्युत आपूर्ति सञ्चालन गरियोस् ।
८) ध्वस्त सबै खानेपानीका मूहान र संरचनाहरु मर्मत सुधार गरी मुहानको संरक्षण, फिल्ट्ररेशन सहित सफा खानेपानीको व्यवस्था तत्कालै गरियोस् ।
९) राष्ट्रिय गौरवको आयोजना मेलम्चीको मुहानमा भएको क्षतिको मर्मत सुधार गरी काठमाडौंमा पिउने पानीको आपूर्ति गरियोस् ।
१०) भत्केका दुईवटा विद्यालय सञ्चालनको लागि तत्कालै सुरक्षित स्थानमा त्ीऋ निर्माण गरी पठन पाठन सुचारु गरियोस् ।
११) बाढिबाट क्षति ग्रस्त भएका प्रहरी चौकीको पूनःस्थापना गरी जनताको जिउँधनको सुरक्षाको अतिरिक्त व्यवस्था गरियोस् ।
१२) बाढिका कारण आउन सक्ने महामारी, पानी जन्य रोग तथा अन्य सरुवा रोग रोकथाम नियन्त्रण र उपचारको लागि स्वास्थ्य शिविर सञ्चालन गरियोस् ।
१३) बाढि पहिरो बाट विस्थापित जनसमुदायलाई तत्कालै खाद्यान्न र अन्य राहतको उचित प्रवन्ध गरियोस् ।
१४) नदि किनारमा तार जाली लगाई नदिलाई आफ्नो पुरानो मार्गमा फर्काउने व्यवस्था गरियोस् ।
१५) हरेक वर्ष सिन्धुपाल्चोकमा बाढि पहिरोबाट हुने क्षतिबाट जनतालाई जोगाउन सुरक्षित स्थानमा एकिकृत आवास निर्माण गरी स्थानान्तरण गरियोस् ।
१७) नदि किनारमा सञ्चालन भएका कृषि बाली, पशु चौपाय, कृषि फर्म होटल, रिसोर्ट, पसल र अन्य व्यवसाय सञ्चालन गर्नेहरुको लगानी संरक्षण गर्न बैंकको व्याज मिनाहा र कर्जा पूनः संरचना गर्ने व्यवस्था गरियोस् ।
१८) नदि किनारामा बाढीको पूर्व जानकारी दिने साईरन तत्काल जडान गरियोस् ।









