फेरि जुटे निधि, कोइराला र सिंह

काठमाडौं । नेपाली कांग्रेसका तीन प्रभावशाली नेता पुनः महाधिवेशनकेन्द्रित छलफलमा जुटेका छन् । उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच कोइराला निवास महाराजगञ्जमा छलफल भइरहेको छ । तीन नेताबीच गत सोमबार पनि निधिनिवास बानेश्वरमा छलफल भएको थियो । उक्त छलफलका क्रममा वर्तमान सभापति शेरबहादुर देउवाको विकल्पबारे छलफल भएको स्रोतले जनाएको छ ।

कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौं गर्दैछ । जसको तयारीस्वरुप तीन नेताहरु छलफलमा जुटेका छन् । तीनै नेताले आफूलाई सभापतिको आकांक्षीको रुपम चिनाइरहेका छन् ।

तीन नेताबाहेक बहालवाला सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, डा. शेखर कोइरालालगायतका नेता पनि सभापतिकै आकांक्षी छन् । नेता पौडेलले महाधिवेशनको तयारीस्वरुप आजै आफू निकटका केन्द्रीय सदस्यसँग छलफल गर्दैछन् ।

तस्बिर : यूपी लामिछानेको फेसबूक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *