रक्षा र परराष्ट्र आफैंसँग राखेर प्रधानमन्त्रीद्वारा मन्त्रालयको जिम्मेवारी बाँडफाँट

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री रिक्त रहेका मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका छन् । सर्वोच्च अदालतले पाँचजनाबाहेक मन्त्रिपरिषद्का सबै मन्त्रीलाई पदमुक्त गरिदिएपछि प्रधानमन्त्री ओलीले बाँकी मन्त्रीलाई नै मन्त्रालयको जिम्मेवारी थप गरेका हुन् ।

उनले परराष्ट्र र रक्षा मन्त्रालय भने आफैँसँग राखेर बाँकी मन्त्रालयकाे जिम्मेवारी चारजना मन्त्रीलाई थप गरेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ ।

जसअनुसार अर्थमन्त्री  विष्णुप्रसाद पौडेलले  गृह मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा पाएका छन् ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा दिइएको छ । यसैगरी भाैतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ्गले सञ्चार तथा सूचना प्रविधी मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयको थप जिम्मेवारी पाएका छन् ।

यस्तै कानूनमन्त्री लीलानाथ श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति पर्यटन र  नागरिक उड्ययन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी थप गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *