टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङ रंगेलीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । रंगेली नगरपालिका- ७ रंगेली बजारमा पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३४९३ नम्बरको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्र १–०२–०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई- ६ सौठाका ४२ वर्षीय तिलकराज खड्का रहेका छन् । आज बिहान मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका खड्काको रंगेली अस्पतालमा पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक धनपालथान- ६ का ३९ वर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *