मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित २ जना पक्राउ

काठमाडौं । कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण इटी चोकस्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने ओखलढुङगा लिखु गाउँपालिका-९ घर भएका ४२ वर्षीय अंकित घिमिरे र गोकर्णेश्वर नगरपालिका-८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका-६ घर भएका ४६ वर्षीय रुपनायाण शाह रहेको प्रहरीले जनाएको छ ।

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरुलाई पित्तलको सानो ठुलो मूर्ति ८ थान र प्लाष्टिकको मूर्ति ३ थान गरी जम्मा ११ थान मूर्ति सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *