योगको उत्पत्ति भारतमा भएको होइन, त्यसबेला भारत नै थिएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगको उत्पत्ति भारतमा नभएको अभिव्यक्ति दिएका छन् । सोमबार (आज) अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘त्यसबेला हुँदै नभएको भारतको चर्चा भारतीयहरू गर्न रुचाउनुहुन्छ । योगको उत्पत्ति नेपालमा भएको, या उत्तराखण्डमा भएको भन्नुहुन्न,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

योग उत्पत्ति भएको बेला भारत भन्ने देश नै विश्वमा नरहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले भारतीय विद्वानहरूले तथ्य लुकाउने गरेको आरोपसमेत लुकाएका छन् । ‘यो भारत त्यसबेला थिएन,’ प्रधानमन्त्री ओलीले भने— ‘भारतमा त रजौटाहरु थिए । स–साना रजौटाहरूको एक खालको उपमहाद्वीपजस्तो थियो । त्यसमा पनि पतञ्जलीजस्ता महर्षिको जन्म भएको, कपिलमुनीले अभ्यास गरेको यहीँ हो । यस्ता तथ्यहरूलाई भारतीयहरूले लुकाउँछन् ।’

यस्तै प्रधानमन्त्री ओलीले योग गुरुहरुलाई आफ्ना योगाभ्यास विधिमा आवश्यक परिमार्जन गरी हरेक व्यक्तिलाई सत्य निष्ठाप्रति सङ्कल्पित गराउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले भने— ‘योग कुनै अन्धविश्वास होइन, यो मनको सफाइको माध्यम हो । यो एक अनुशासन पनि हो । योगका नाममा देखाइने आडम्बर र गरिने व्यापारलाई स्थान दिनु हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *