१४ स्थानीय जनप्रतिनिधिलाई कारबाही गर्ने माओवादीको निर्णय (सूचीसहित)

काठमाडौं नेकपा माओवादी केन्द्रले स्थानीय तहमा दल फेरेका जनप्रतिनिधिहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । सोमबार (आज) बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता मातृकाप्रसाद यादवले जानकारी दिए । नेता यादवकाअनुसार स्थानीय तहमा दल बदलेका १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन । यसपछि माओवादीले कारबाहीको लागि ताकेता बढाएको छ ।

सूची हेर्नुस्—

क्र.सं.पदनामस्थानीय तह
१.प्रमुखरिना कुमारी साहमौलापुर न.पा. रौतहट
२.प्रमुखसियाराम कुशवाहाकटहरिया न.पा. रौतहट
३.उप्रमुखपरनिया देवीदेवाही गोनाही न.पा. रौतहट
४.उप्रमुखगौरिशंकर जयसवालमौलापुर न.पा. रौतहट
५.उप्रमुखकान्ती देवीफतुवाविजयपुर न.पा. रौतहट
६.उपप्रमुखसिमल साहमानवनारायण न.पा. रौतहट
७.उपाध्यक्षगितादेवी साहयमुनामाई गा.पा. रौतहट
८.नगर का.पा. सदस्यसतमीलाल दास तातीलहान न.पा. सिरहा
९.अध्यक्षशेष फारुकसम्सी गा.पा. महोत्तरी
१०.उपप्रमुखछायाँ देवकोटाभजनी न.पा. कैलाली
११.वडाध्यक्षभागिरथी विष्टगौरीगंगा न.पा.–४, कैलाली
१२.वडाध्यक्षशर्मानन्द भट्टगोदावरी न.पा.–१, कैलाली
१३.वडाध्यक्षपुरन विसीबर्दगोरिया न.पा.–४, कैलाली
१४.वडाध्यक्षसुरेश कुमार थापाचम्पादेवी गा.पा.–१, ओखलढुंगा
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *