धारामा पानी भर्ने क्रममा पहिरो खसेर एकको मृत्यु

बझाङ । धारामा पानी भर्ने क्रममा माथिबाट पहिरो खसेर बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको तलकोट गाउँपालिका वडा नं. ६ रजाडामा पहिरोले पुरी ६० वर्षीया सुना दमाईको मृत्यु भएको हो । उनको धारामा पानी भर्ने क्रममा पहिरो खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यसअघि बझाङकै दुर्गाथली गाउँपालिका वडा नं. का ४० वर्षीय मीनबहादुर धामी धउलावन भीरबाट लडेर बेपत्ता भएका छन् । असार ३ गते आफ्ना जेठाबुबाको मलामीबाट फर्कने क्रममा भीरबाट लडेका थिए । उनी अझै सम्पर्कमा आएका छैनन् ।

नेपाली सेना र प्रहरीले संयुक्त रूपमा उनको खोजतलास गरिरहे पनि भिर अफ्ठ्यारो र पानी परिरहेकाले खोजी कार्यमा असहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *