मनोज गजुरेललाई ‘सिरिजङघाको छोरो’ को उपनाम

विराटनगर । ताप्लेजुङको एक पालिकाले हाँस्यकलाकार मनोज गजुरेललाई ‘सिरिजङघाको छोरो’ को उपनाम दिएको छ । ताप्लेजुङ जिल्लाको मामाङ्खेमा जन्मिएका नेपालका राष्ट्रिय कलाकार मनोज गजुरेललाई ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको नवौं गाउँसभाले ‘सिरिजङघाको छोरो’ को उपनामले परिभाषित गरेको हो ।

गजुरेललाई ‘सिरिजङघाको छोरो’ को उपनाम दिँदै पर्यटन सद्भावना दूत बनाउनेसमेत निर्णय गरेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । गजुरेलको सक्रियताले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा उल्लेख्य उपलब्धि हाँसिल हुने ताप्लेजुङवासीको आशा रहेकोले उनको सम्मानस्वरुप ‘सिरिजङघाको छोरो’ को उपनाम दिइएको अध्यक्ष गुरुङले बताए ।

साबिकको मामङ्खे गाविस र हालको सिरिजङघा गाउँपालिका ६ का गजुरेललाई आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट नीति तथा कार्यक्रममा उनलाई ‘सिरिजङघाको छोरो’को उपनाम दिने निर्णय गरेको गुरुङको भनाइ छ । कञ्चनजङ्घा हिमालको पालिका भएकोले यसको प्रचारका लागि पनि ठूलो भूमिका गजुरेलले खेल्ने आशा पालिकाको छ ।

कञ्चनजङ्घा हिमाल सिरिजङघा गाउँपालिका वडा नं. ८ मा अवस्थित छ । ‘हामीले सम्मान मात्र दिएको हो, हामीले ठूलो सेवा सुबिधा दिन सकिन्न,’ अध्यक्ष गुरुङले भने— ‘हामीले दिने सम्मानमा उहाँसँग सोधेर पर्यटन दूतको रुपमा घोषणा गर्दै उपनाम दिइएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *