थप ४०२० जना कोरोनामुक्त‚ मृतक र संक्रमित कति ?
२०७८ असार ४ गते

काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा ५ लाख ४९ हजार ६८२ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।
त्यस्तै शुक्रबार थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ३७ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७६८ जनामा कोराना पुष्टि भएको हो ।
७ हजार ५६९ जनाको पिसिआर र ४ हजार ४६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ९६३ जना र एन्टीजेटमार्फत ८०५ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टायता देशभर थप ४४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ६४१ पुगेको छ ।
२०७८ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित









