कर्णाली प्रदेश

३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन एमालेको निर्देशन

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशले सरकारमा रहेका ३ मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको छ । शुक्रवार (आज) बसेको एमाले संसदीय दलको बैठकले अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई राजीनामा दिन निर्देशन गरेको एमाले मुख्य सचेतक गुलाबजंग शाहले जानकारी दिए । शाहले भने— ‘बैठकले निर्देशन गरेको छ । आज बसेको बैठकले फिर्ता आउन भनेको हो ।’

गत बैशाख ३ गते प्रकाश ज्वालासहितका ४ एमाले सांसदले फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाइदिएका थिए । त्यसपछि एमालेले ४ सांसदलाई कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले पुनःबहाली गरिदिएपछि पार्टीले सरकारबाट फिर्ता हुन निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *