शाओमीद्वारा रेडमी नोट १० एस नेपालमा लन्च, कति छ मूल्य ?

काठमाडौं । शाओमीले नेपालमा रेडमी नोट १० एस लन्च गरेको छ । शाओमीले क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५ (अन्तरिम) को साथमा उपलब्ध हुने रेडमी नोट १० एस को लन्च गरेको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमीमा हाम्रा उपभोक्ताहरु हामीले गर्ने हरेक चीजको केन्द्रबिन्दुमा रहेका छन् जसले हामीलाई डेमोव्रफेटाइजिंग टेक्नोलोजीको दिशामा निरन्तर काम गर्न अग्रसर बनाएको छ र अझै बढी सुलभ बनाएको जनाएको छ ।हाम्रो भर्खरै लन्च गरिएको रेडमी नोट १० प्रो ले हाम्रो उपभोक्ताहरुबाट प्रतिक्रिया प्राप्त गरिरहेको छ । यसले जीवनको अविश्वसनीय सुपत मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूल दर्शनलाई दर्शाएको छ जसले स्मार्टफोनको इन्डस्ट्रिमा हामीलाई ट्रुगेम चेन्जर बनाएको छ ।’

मेडियाटेक हेलियो जी ९५, ६४ एमपीको क्यामेरा सेटअप र राम्रो इमेज प्रोसेसिन्गको लागि न्यूनतम ६ जीबीको र्‍यामका साथ प्रयोगकर्ताहरुलाई आफुलाई मन पर्ने खेलहरु खेल्न र फोटोग्राफीलाई उच्च तहमा लगेर प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।

रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आउँछ‚ जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको कम्पनीले जनाएको छ । ११८ डिग्रीको फिल्ड अफ भ्यूको साथ रेडमी नोट १० एसले प्रयोगकर्ताहरुलाई ग्रुप फोटोहरु र ल्यान्डस्केप सटहरू सजिलै कब्जा गर्न मद्दत गर्दछ ।

रेडमी नोट १० मा १६.३३ सेन्टिमिटर(६.४३) फूल एचडीं सुपर एमोलेड डिस्प्ले इमर्सिभ कन्टेन्ट भ्युइन्ग एक्सपेरियन्सको लागि रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *